• ON AIR
  • UP NEXTसुर्खेत डायरी
समाचार

पूर्व गृहमन्त्रीलाई मातृ शोक

सुर्खेत, १४ माघ ।

पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्णबहादुर खड्कालाई मातृ शोक परेको छ । उहाँकी अामा मायादेवी खड्काको ९४ बर्षको उमेरमा अाज विहान निधन भएको छ ।

स्वास्थ्यमा केही समस्या देखिएपछि उहालाई उपचारका लागि मध्यपश्चिमाञ्चल  क्षेत्रीय अस्पताल कालागाउँमा भर्ना गरिएको थियो । उहाँको अस्पतालमा नै निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

अामाको दाहसंस्कारका लागि पूर्णबहादुर खड्का काठमाण्डौंबाट हेलीकप्टरमार्फत सुर्खेत अाइपुग्नुभएको छ । मायादेवी खड्काको आजै अन्यस्टी गरिने छ ।