Radio Surkhet FM 90.2 MHz

हरियाणाको मेदान्तामा राष्ट्रकवि घिमिरेको उपचार सुरु

 

 हरियाणा राज्यस्थित मेदान्ता अस्पतालमा राष्ट्रकवि माधव प्रसाद घिमिरेको उपचार सुरु भएको छ । वरिष्ठ चिकित्सक (ग्यास्ट्रोएन्टरोलाजीस्ट) रणधीर सुदको निगरानीमा ९९ वर्षीय घिमिरेको उपचार सुरु गरिएको हो । 

बुधबार राति ११ बजे अस्पताल पुर्‍याइएका घिमिरेलाई अस्पतालको एघारौँ तल्लाको ५२५३ नम्बरको ‘हाइकेयर युनिट’ मा राखेर उपचार सुरु गरिएको हो । घिमिरेलाई विमानस्थलबा सीधै अस्पताल पुर्‍याइएको थियो ।

घिमिरेको स्वास्थ्योपचारका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले डा.सुदसँग फोन गरेर कुराकानी गरेको अस्पताल श्रोतले जनाएको छ । ‘बिरामीको उपचारबारेमा प्रधानमन्त्री ओलीले स्वयम् डा. सुदलाई फोन गर्नुभएको छ,’ अस्पताल श्रोतले भन्यो । 

प्रधानमन्त्री ओलीले राष्ट्रकविलाई उपचारका लागि बाहिर लैजाने सम्पूर्ण जिम्मा सरकारले लिने बताएका थिए । ओलीको तत्काल निर्देशन बमोजिम घिमिरेलाई थप उपचारकालागि दिल्ली ल्याइएको हो ।

इन्डोस्कोपी तथा कोलोन्स्कोपी तथा क्याप्सुुल इन्डोस्कोपी गरेर थप चेकजाँच गरेपछि आगामी उपचार योजना बनाउने पनि श्रोतले जनाएको छ । ‘राति नै विशेष चिकित्सकहरुको विशेष बैठक बसेर मेडिकेसन सुरु गरिसकिएको छ । रिपोर्ट आएपछि चिकित्सकले थप मेडिकल प्लान गरेर उपचार गरिनेछ,’ श्रोतले भन्यो ।

काठमाडौंको ग्रान्डी अस्पतालमा रोग पहिचान नभएका कारण घिमिरेलाई थप उपचारका लागि दिल्ली ल्याइएको हो । शरीरमा आन्तरिक रक्तश्राव भएको पत्ता लागे पनि कुन भागबाट रक्तश्राव भइरहेको भन्ने ठम्याउन नसकिएपछि चिकित्सकले थप उपचारका लागि बाहिर लैजानु सुझाएका थिए । 

छाउनीस्थित बीरेन्द्र सैनिक अस्पतालका चिकित्सक डा. शिवाजी सिलवाल तथा आफन्तहरुका साथ घिमिरेलाई दिल्ली ल्याइएको हो । सय वर्ष पुग्नै लागेका घिमिरेले महाकाव्य रचनाको अन्तिम चरणमा रहेको बताउँँदै आएका छन् । महाकाव्य सक्ने धोको उनले राखेका छन् । 

प्रतिकृया दिनुहोस

'सिन्डिकेट तोड्ने पालो अब तरकारीको'

कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले कृषि क्षेत्रमा रहेको सिन्डिकेट तोड्ने बताएका छन् ।  मंगलबार रिपोर्टर्स क्लब

'सुन तस्करीको जालो राजनीतिक नेतृत्वसम्म पुग्न सक्छ'

छानबिन समितिका संयोजक ईश्वरराज पौडेलले सुन तस्करीको खतरनाक जालो रहेको बताएका छन् । सुन तस्करको ‘नेक्सस’ राजनीतिक नेतृत्वसम्ममा रहेको हुन सक्ने