Radio Surkhet FM 90.2 MHz

विद्यार्थीका आकर्षक पहिरनमा मोडेल

 

बुट्टेदार गाउनमा आफ्ना मोडल सजाउन व्यस्त थिइन् कुसुम भट्ट। कहिले मोडलको कपाल मिलाउँदै थिइन् त कहिले उनले पहिरिएको फेसेनेबल लुगा। बिहानैदेखि आफ्ना सिर्जना र्‍याम्पमा उतार्न दौडधुप गरेकी कुसुम बेलुकी ७ बज्दासम्म पनि व्यस्त मात्रै होइन उत्साहित र चिन्तित पनि थिइन्। व्यस्तताबीच पनि उनको अनुहारमा गज्जबको मुस्कान थियो। तीन वर्षसम्म मेहनत गरेर पढेको फेसन डिजाइनिङलाई अब व्यवहारमा देखाउने समय आएको थियो। आफ्ना सिर्जना प्रस्तुत गर्ने ठूलो मौका पाएकी थिइन् उनले।

 कुसुम जस्तै व्यस्त देखिए सम्राट राई पनि। फेसन डिजाइन भनेको सिर्जनशील र       कडा परि श्रमको प्रतिफल भएको बताउँछन् सम्राट। आफूले बनाएका डिजाइन         र्‍याम्पका लागि तयार थिए। उता मोडल नेहा चित्रकार भने डिजाइनरले बनाएका       फेसेनेबल लुगामा सिजिन व्यस्त थिइन्।

नमुना कलेज अफ फेसन टेक्नोलोजीका १३ औं ब्याचका विद्यार्थीले शनिबार होटेल    ह्यात रेजेन्सीमा फेसन सो आयोजना गरेका थिए। सोमा कुसुमलगायत उनको            ब्याजका ६३ विद्यार्थीले आफ्ना डिजाइन प्रस्तुत गरे। फेसन सोको सुरुमै हाकुपटासी  सिक्वेन्स थियो। यसमा मोडलहरू थरीथरीका फेसेनेबल ड्रेसमा र्‍याम्पमा उत्रिए।        त्यसपछि देखियो कलर ब्लकिङ सिक्वेन्स। यसमा विभिन्न रंगको मि श्रणमा रहेका      पहिरन थिए। तेस्रो थियो गोल्ड एन्ड गिल्टिर थिम। यो थिममा कलर    कम्बिनेसनसहित   गाउन प्रस्तुत भए। चौथो सिक्वन्स ट्रान्सफर्मेसनको थियो। यो  सिक्वेन्समा केही फरक   पहिरन देखिए। एउटा पहिरनमा आएका मोडल र्‍याम्पमा हिँड्दा फरक पहिरनमा   ट्रान्सफर हुन्छन्।

अन्त्यमा थियो क्रिएटिभ डिजाइन। यसमा ६३ विद्यार्थी १६ समूहमा विभाजित छन्। र,   ती विद्यार्थीले तयार पारेका १६ वटा क्रिएटिभ डिजाइनका पहिरन। यो वर्षको   क्रिएटिभ सिक्वेन्सको थिम भने इनडेन्जर स्पिसेस हो। यसमा लोपोन्मुख जनावर र   वनस्पति राखिएको छ। फेसन सोका कोरियोग्राफर रोजिन शाक्यका अनुसार यस   थिमबाट यी जनावरलाई बचाउनुपर्ने सन्देश दिन खोजिएको छ। कोरियोग्राफर   रोजिन  भन्छन्, ‘विद्यार्थीले पढेका विषय व्यावहारिक रूपमा प्रस्तुत गर्दा मात्र   उनीहरूको क्षमता वृद्धि हुन्छ। त्यसैले यस्ता सो आवश्यक छ।’

 यस पटकको सो को नाम सेरा दी स्टिलिस्टा राखिएको थियो। पाँच सिक्वेन्समा   विभाजित सोमा क्रिएटिभ फेसन सोको पार्ट छ जसमा विद्यार्थीको कल्पना र   सिर्जनशीलता कहाँसम्म पुग्न सकेको छ भन्ने जाँचिन्छ। निर्णायकबाट प्राप्त नम्बर   पूर्वाञ्चल युनिभर्सिटीले मार्कसिटमा समेत समावेश गर्दै आएको छ। निर्णायकमा   पूर्वाञ्चल युनिभर्सिटीका प्राध्यापकहरू र मिस नेपाल इभाना मानन्धर थिए।   कार्यक्रममा २०१८ की मिस नेपाल शृंखला खतिवडा पनि उपस्थित थिइन्।

 ६३ विद्यार्थीमा दुई जनामात्र छात्र छन् भने बाँकी सबै छात्रा छन्। नेपालमा फेसन   डिजाइनिङको ब्याचलरसम्मको मात्र पढाइ हुन्छ। मास्र्टस् गर्न विदेश जानुपर्ने   बाध्यता छ। नेपालबाट फेसन डिजाइनिङमा हायर स्टडिका लागि फ्रान्स जाने   विद्यार्थी  बढी छन्।

प्रतिकृया दिनुहोस

सलिनमानको यात्रा सुरु

 चलचित्र ‘यात्रास् अ म्युजिकल भ्लग’ को छायांकन सुरु भएको छ । केहि दिन अगाडी शुभमुहुर्त गरिएको चलचित्रको नियमित छायांकन आजबाट सुरु भएको हो

गोल्डकप मैदानमा अनमोल केसीको सुटिङ

   अहिलेका चर्चित युवा स्टार अनमोल केसी झापाको दमकमा जारी प्रथम दमक गोल्डकपको मंगलबार भएको नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपीएफ खेलमा

रंगमञ्चमा बालबालिकाको रोचक प्रस्तुति

काठमाडौं : नयाँबानेश्वर संगमचोकस्थित काठमाडौं प्रज्ञा कुञ्ज स्कुलको प्राङ्गण । सुनसान प्लेग्राउन्ड । अलिकति अगाडि रातो मखमलको पर्दाले छोपिएका