Radio Surkhet FM 90.2 MHz

मन्टेश्वरी तालिम

बालविकासका सहयोगी कार्यकर्ता र प्राथमिक तहका शिक्षकहरुको लागि तीन दिने मन्टेश्वरी तालिम हिजो देखि सुरु भएको छ । वीरेन्द्रनगर नगरपालिका ११ को सहयोगमा शिव मावि धुलियाविटको आयोजनामा तालिम सुरु भएको हो । सामुदायिक विद्यालयहरुमा मटेश्वरी विधिबाट शिक्षण सिकाईलाई अघि बढाउनका लागि वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ का १२ बाल विकास केन्द्र, पाँच वटा विद्यालय कक्षा १, २,३ का शिक्षक र दुई वटा बाल सुलभ कक्षाका ३१ जना शिक्षक र सहयोगी कार्यकर्तालाई तालिम दिइएको छ ।

तालिमको उद्घाटन सत्रमा बोल्दै नगरप्रमुख देवकुमार सुवेदीले विद्यालयले मटेश्वरी तालिमको आयोजना गरेर नमुना काम गरेको बताउनु भयो । उहाँले चाहे भने विद्यालयले गर्न सक्छन् भन्ने उदारण यस तालिमको आयोजना गरेर देखाएको भन्दै यस्तो नमुना कार्य गर्ने विद्यालयलाई नगरपालिकाले प्रोत्साहन गर्ने बताउनुभयो । 

शिव मावि धुलियाविटले नर्सरी कक्षा सुरु गरेकोमा आफ्नो विद्यालयका साथसाथै अन्य वीरेन्द्रनगर नगरपालिका वडा ११ मा रहेका बालविकासका सहयोगी कार्यकर्ता र कक्षा कक्षा शिक्षकलाई समेत तिनदिने तामिम प्रदान गरेको हो । विद्यालयका प्राध्यानाध्यापक पूर्णप्रसाद पौडेलले वडाका सबै विद्यालयहरुमा मन्टेश्वरी विधिबाट पढाउनका लागि यस तालिम उपलब्धीमुलक हुने बताउनुभयो  । तालिममा  प्रतिक्षा मन्टेश्वरीकी प्रिन्सिपल प्रतिमा मल्लाहले दिनुभएको  छ।

तालिमको उद्घाटनसत्रमा नगरशिक्षा प्रमुख गजेन्द्रकुमार विसी  र वीरेन्द्रनगर वडा नम्बर ११ का वडा अध्यक्ष नन्दलाल शर्मालगायतको सहभागिता रहेको थियो ।

 

प्रतिकृया दिनुहोस

गमगढी ग्रिलाह सडक परीक्षण ।।

मुगु सदरमुकाम गमगढी देखि सोरु गाउँपालीको ग्रिलाहा सम्मको सडक परिक्षण गरिएको छ । पुनःनिमार्ण तथा अनुसन्धान बिकास केन्द्र (आरआर डि सी ) मुगुको साझेदारी

कर्णालीमा हवाइ भाडादर घटाउन माग

 कर्णालीमा उडान गर्ने एयरलाइन्सले हवाइ भाडादर  बृद्धि गरेपछि संस्कृति, पर्यटन, तथा नागरिक उड्यान राज्य मन्त्री बलबहादुर महतले हावाइ भाडादर घटाउन