Radio Surkhet FM 90.2 MHz

हिमालय आँखा अस्पतालमा बोल्न नसक्ने बच्चाको उपचारमा समस्या, मेसिन उपलब्ध गराइदिन प्रदेश सरकारसँग माग

 सुविधासम्पन्न भनिएको हिमालय आँखा अस्पतालमा बोल्न नसक्ने बच्चा जाँच गर्ने मेसिन छैन। जसले गर्दा उनीहरुको आँखा परिक्षण गर्न समस्या हुँदै आएको छ। मेसिन अत्यावश्यक देखिएपछि अस्पताल स्रोतले प्रदेश सरकारका २ मन्त्रीलाई आमन्त्रण गरी आफ्ना कठिनाइका बारेमा जानकारी गराएका छन्।

अस्पतालले बिहिबार प्रदेश ४ का सामाजिक विकास मन्त्री नरदेवी पुन र भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतलाई बोलाएर भिजुअल इभोक्ड पोटेन्सियल (भिइपी) मेसिन मूख्य रुपमा आवश्यक रहेको जानकारी गराएका हुन्। बोल्न नसक्ने बच्चालाई जाँच्न सकिने उक्त मेसिन उपलब्ध गराइदिन अस्पतालले सरकारसँग माग पनि गरेको छ। 

मन्त्री पुनले अस्पताललाई सरकारी तवरबाट सक्दो सहयोग गर्न पहल गर्ने प्रतिवद्धता व्यतm गरेकी छन्। उनले उपचारका क्रममा महिला, बालबालिका, अशक्त, गर्भवती महिला र अपाङ्गका लागि छुट्टै लाइनको व्यवस्था गर्नुपर्ने समेत धारणा राखिन्।
 
भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले प्रदेश प्रमुखसमक्ष कुरा गर्ने र मेसीन दिलाउन पहल गर्ने आश्वासन दिए।

अस्पतालले सेवा लिन आएका सेवाग्राहीलाई उपचारका साथै विभिन्न तवरले सहयोग गर्दै आइरहेको अस्पतालका अध्यक्ष दिलबहादुर क्षेत्रीले बताए। ‘सक्नेले आफै उपचार गर्छन्, नसक्नेलाई अस्पतालबाटै उपचार अवधिभर गास/बासको व्यवस्था गरेर उपचार गरिरहेका छौं।,’ क्षेत्रीले भने।

प्रदेश ४ कै ठूलो भनिएको हिमालय आँखा अस्पताललाई थप व्यवस्थित र सुविधासम्पन्न गराउन सकिने उनले दावी गरे। ‘यसका लागि सरकारी तवरबाटै सहयोग पाउनुपर्छ।,’ अध्यक्ष क्षेत्रीले भने।
हाल अस्पतालमा नेपालको एक मात्र ‘ओएसफोर’ मेसिन भएको क्षेत्रीले जानकारी दिए। उक्त मेसिनलाई सुगर तथा प्रेसरबाट आँखामा समस्या देखिएमा उपचारका लागि प्रयोग गरिन्छ। उनले भने, ‘यो मेसिन हुुनु भनेको प्रदेशका लागि निकै ठूलो कुरा हो। त्यसमाथि अत्याधुनिक मेसिन अस्पतालमै भएकाले उपचारमा सजिलो भएको छ।’

अस्पतालले आर्थिक रुपमा अशक्त बिरामीलाई निशुल्क उपचार गर्दै आइरहेको छ। अस्पतालका अनुसार वर्षेनी करिब २ लाख बिरामीहरु उपचारका लागि अस्पताल आउने गरेका छन्। त्यसमध्ये ८ हजार बिरामीको अप्रेशन गरिने क्षेत्रीको भनाइ छ। अस्पतालमा सेवा लिन आउनेमा विशेषगरी प्रदेश ४ का धेरै बिरामी छन्।

सन् १९९३ मा खुलेको यस अस्पतालले अहिले आँखा र आँखासँग सम्बन्धित सेवा तथा उपचार उपलब्ध गराउँदै आइरहेको छ। अस्पताल नेदरल्यान्डको ‘आई केयर फाउन्डेसन’को आर्थिक सहयोगमा खुलेको हो।

प्रतिकृया दिनुहोस

गंगालालमा भित्रियो नेपालमै पहिलो पटक ६४० स्लाइसको कार्डियाक सिटी स्क्यान

बाँसबारीस्थित सहिद गंगालाल हृदय केन्द्रमा नेपालमै पहिलो पटक उच्च क्षमताको कार्डियाक सिटी स्क्यान मेसिन सञ्चालनमा ल्याएको छ। गंगालालले मुटु

बिरामी एन्जिला शाहलाई ठकुरी समाज कोरियाको १ लाख ८० हजार सहयोग

  दक्षिण कोरियामा बसोबास गर्दै आएका ठकुरीहरूको समूह ‘ठकुरी समाज दक्षिण कोरिया’ ले बिरामी एन्जिला शाहलाई १ लाख ८० हजार रुपैयाँ सहयोग उपलब्ध