Radio Surkhet FM 90.2 MHz

रंगमञ्चमा बालबालिकाको रोचक प्रस्तुति

काठमाडौं : नयाँबानेश्वर संगमचोकस्थित काठमाडौं प्रज्ञा कुञ्ज स्कुलको प्राङ्गण । सुनसान प्लेग्राउन्ड । अलिकति अगाडि रातो मखमलको पर्दाले छोपिएका अभिनय कक्ष । त्यहाँ फरकफरक ड्रेस लगाएका विद्यार्थी, केही अभिभावक र शिक्षकशिक्षिका कुर्सीमा बसेका छन् । मञ्चमा साना भाइबहिनीले अभिनय गरेको नाटक ‘चार्ली एन्ड द चकलेट फ्याक्ट्री मञ्चन भइरहेको छ ।

प्रज्ञा कुञ्ज स्कुलमा सञ्चालन भएको नाटक सप्ताह गत मंगलबार सम्पन्न भएको छ । कक्षा ४ देखि ९ सम्मका विद्यार्थी सहभागी भएको नाटक सप्ताह पाँच दिनसम्म चलेको थियो । रंगकर्मी अनुप बरालको प्रमुख आतिथ्यमा सञ्चालन भएको नाटक महोत्सवमा विद्यालयका तीन सय विद्यार्थीले अभिनय गरेका थिए । नाटक हेर्न विभिन्न विद्यालयका विद्यार्थी आएका थिए ।

उद्घाटनको दिन नाटकहरू ‘भोला’ र ‘पहेँलो बस’ मञ्चन गरियो । एकजना सज्जन मानिसले टुहुरो बालकलाई पढ्न सहयोग जुटाउन गरेको संघर्ष नाटकमा देखाइएको थियो ।

भूकम्पपछि गाउँबाट काम गर्न सहर ल्याइएकी केटीको कथा पहेँलो बसले भनेको छ । उसलाई पढ्ने रहर छ । साहुको घरमा कामले गर्दा कहिल्यै फुर्सद छैन । साहुका छोराछोरीलाई स्कुल बसमा पु¥याउन जाँदा देख्ने पहेँलो बस उसलाई खुब मन पर्छ र त्यही बस चढेर स्कुल जाने सपना साँचेकी छे । राजकुमार सिद्धार्थ कसरी गौतम बुद्ध कहलिए भन्ने कथा उज्यालोतिरमा देखाइएको थियो ।

एउटा गरिब तथा जेहेनदार विद्यार्थीले बिहान १० बजेसम्म सडक बढार्ने काम गरेर पनि ऊ स्कुलमा रोल नं. चार हुन्छ । यसका लागि उसले कति मेहनत गर्नुपर्ला ?        यो कथा रोल नं. चारको हो । महोत्सवको तेस्रो दिन किताबभित्र किताबबाहिर र ब्युटी इज अ बेस्ट तथा अन्तिम दिन हीराको भोटो र चार्ली एन्ड द चकलेट फ्याक्ट्री मञ्चन भएको थियो । सबै नाटकको निर्देशन टंक चौलागाईंले गरेका थिए ।

६ वर्षदेखि निरन्तर नाटक मञ्चन गरिरहेको प्रज्ञा कुञ्ज स्कुलले अघिल्लो वर्ष मोबाइल थिएटर आयोजना गरेको थियो । यो नाटक सप्ताह त्यसैको निरन्तरता हो । विद्यालयकी प्रिन्सिपल सुनिता पौडेलका अनुसार अभिनयको कक्षा विगत पाँच वर्षदेखि विद्यालयको पाठ्यक्रममा नै समावेश गरेर पढाइँदै आएको छ । यसले विद्यार्थीलाई पढाइका साथै अतिरिक्त सीपमा पनि सक्षम बनाउने उनको दाबी छ । उक्त विद्यालयबाट अभिनय सिकेका विद्यार्थीले विभिन्न थिएटरमा समेत नाटक देखाउँदै आएका उनले बताइन् । समापनको दिन अभिनेता सरोज खनालले उत्कृष्ट बालकलाकारलाई पुरस्कार प्रदान गरे ।

प्रतिकृया दिनुहोस

सलिनमानको यात्रा सुरु

 चलचित्र ‘यात्रास् अ म्युजिकल भ्लग’ को छायांकन सुरु भएको छ । केहि दिन अगाडी शुभमुहुर्त गरिएको चलचित्रको नियमित छायांकन आजबाट सुरु भएको हो

गोल्डकप मैदानमा अनमोल केसीको सुटिङ

   अहिलेका चर्चित युवा स्टार अनमोल केसी झापाको दमकमा जारी प्रथम दमक गोल्डकपको मंगलबार भएको नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपीएफ खेलमा

विद्यार्थीका आकर्षक पहिरनमा मोडेल

  बुट्टेदार गाउनमा आफ्ना मोडल सजाउन व्यस्त थिइन् कुसुम भट्ट। कहिले मोडलको कपाल मिलाउँदै थिइन् त कहिले उनले पहिरिएको फेसेनेबल लुगा। बिहानैदेखि