Radio Surkhet FM 90.2 MHz

कुकुर कुटेको आरोपमा क्यानडामा एक नेपालीलाई ९ महिनाको जेल !

 क्यानडामा एक नेपालीलाई  कुकुर पिटेको आरोपमा ९ महिनाको जेल सजाय तोकिएको छ । पिटरवर्गको प्रान्तीय अदालतले नेपाली मुलका दीप विष्टलाई कुकुर कुटेको आरोपमा ९ महिनाको सजाय तोकिएको हो ।

विष्टले क्यानडाको तीन पटक सम्म कुकुरलाई कुटेको थिए । उनले कुकुरलाई लात्तिले हानेको र कुटेको दृश्यहरु उनको अपार्टमेन्ट बिल्डिङको सीसी क्यामेरामा स्पष्ट देखिन्छ । पालेको डिजे नामक तीन वर्षीय कुकुरलाई लात्तिले हाने, पन्च हान्ने र हावामा फालिदिने गरेको दृश्य सीसी क्यामेरामा देखिएको छ । 

अदालतले सजाय सुनाउँदा विष्ट भने नेपालमा मुटुको उपचार गराइरहेका थिए । नेपाल आउनु अघि पिटरवर्गको  ३०३ अलिमर स्ट्रिट स्थित एक अपार्टमेन्टको सातौं तल्लामा  विष्ट बस्थे । 

न्यायाधीश पिटर हिस्कक्सले उक्त भिडियोले कायरता र घृणित कार्य देखाएको बताएका छन् । न्यायाधीस पिटरले उनलाई तीनपटक ९० दिनको दरले गरी नौ महिना जेल र जीवनभर घरपालुवा जनावर पाल्न प्रतिबन्ध लगाएको  सजाय सुनाएका छन् । 

 विष्टकी वकिल एन्जेला म्याकग्राथले कुकुर कुट्ने कार्य डरलाग्दो र भयानक रहेको बताएकी  छन् ।अदालतमा विष्टकी वकिल एन्जेलाले आफ्नो कार्यमा पछुतो मान्दै विष्टले लेखेको चिठी पढेर सुनाएकी थिइन् । जसमा उनले आफ्नो कुकुरलाई राम्रो बनाउनका लागि तालिम दिन मात्रै खोजेको उल्लेख गरेका थिए । उनले अदालतलाई उदारता देखाउन समेत आग्रह गरेका थिए ।

क्यानडामा जनावरलाई कुटेमा  ६० हजार डलर र दुई वर्षको कैदसम्मको सजाय हुने व्यवस्था छ ।   उक्त कुकुर अहिले बिष्टको पूर्वपत्नीसँग छ भने  बिष्टलाई पक्राउ गर्नको लागि वारेन्ट जारी गरिएको छ । ग्लाेबलन्यूज 

प्रतिकृया दिनुहोस

क्युबामा विमान दुर्घटना, १०० जनाको मृत्यु

  क्युबामा विमान दुर्घटनामा हुँदा करीब १०० जनाको मृत्यु भएको छ । विभिन्न अन्तराष्ट्रिय सञ्चार माध्याम आएका खबर अनुसार स्थानीय समय अनुसार शुक्रबार

भारतमा बिरामीको सेवा गर्दा आफैँ संक्रमित भइ ज्यान गुमाएकी ‘हिरो नर्स’ को चर्चा

बीबीसी । भारतको दक्षिणी प्रदेश केरेलामा अहिले ‘निपा’ नामक खतरनाक भाइसको प्रकोप बढेको छ । यसैमा एक २८ वर्षीया नर्स लीनीले आफ्ना बिरामीको रातभर सेवा

फेसबुकका संस्थापक जकरबर्गले युरोपेली संसदसँग मागे माफी

बीबीसी । सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जकरबर्गले क्याम्ब्रिज एनालिटिका स्क्याण्डलमा भूमिका र आफ्नो प्लेटफर्ममा फेक न्यूज प्रसार गरिएको