Radio Surkhet FM 90.2 MHz

क्युबामा विमान दुर्घटना, १०० जनाको मृत्यु

 

क्युबामा विमान दुर्घटनामा हुँदा करीब १०० जनाको मृत्यु भएको छ । विभिन्न अन्तराष्ट्रिय सञ्चार माध्याम आएका खबर अनुसार स्थानीय समय अनुसार शुक्रबार दिउँसो १२ः०८ बजे बोइङ ७३७–२०० विमान दुर्घटनामा परेको हो । 

खबरमा जनाइए अनुसार विमान राजधानी हवानाको जोस मार्टी एयरपोर्टबाट क्युबाकै अर्काे शहर होलगुइनका लागि उडेको थियो । विमान उडेको केही क्षणमै दुर्घटनामा पर्‍यो । 

विमानमा १०४ जना यात्रु र ६ जना मेक्सिकन चालकदलका सदस्य सवार थिए । दुर्घटनामा परी करीब १०० जनाको मृत्यु भएको छ । घाइते अन्यको अवस्था पनि चिन्ताजनक रहेको बताइएको छ । 

दुर्घटनामा परी विमान पूर्ण रुपमा ध्वस्त भएको छ । 

प्रतिकृया दिनुहोस

कुकुर कुटेको आरोपमा क्यानडामा एक नेपालीलाई ९ महिनाको जेल !

 क्यानडामा एक नेपालीलाई  कुकुर पिटेको आरोपमा ९ महिनाको जेल सजाय तोकिएको छ । पिटरवर्गको प्रान्तीय अदालतले नेपाली मुलका दीप विष्टलाई कुकुर कुटेको

भारतमा बिरामीको सेवा गर्दा आफैँ संक्रमित भइ ज्यान गुमाएकी ‘हिरो नर्स’ को चर्चा

बीबीसी । भारतको दक्षिणी प्रदेश केरेलामा अहिले ‘निपा’ नामक खतरनाक भाइसको प्रकोप बढेको छ । यसैमा एक २८ वर्षीया नर्स लीनीले आफ्ना बिरामीको रातभर सेवा

फेसबुकका संस्थापक जकरबर्गले युरोपेली संसदसँग मागे माफी

बीबीसी । सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जकरबर्गले क्याम्ब्रिज एनालिटिका स्क्याण्डलमा भूमिका र आफ्नो प्लेटफर्ममा फेक न्यूज प्रसार गरिएको