Radio Surkhet FM 90.2 MHz

शिक्षा भ्यालेन्टाइन डे को गुलाबको फूलजस्तै हुनुपर्छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओलीले मुलुकको शिक्षा प्रणाली जीवनोपयोगी हुनुपर्नेमा जोड दिएका छन् । आज भृकटीमण्डपमा आयोजित कान्तिपुर–हिसान एजुकेशन फेयरको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शिक्षा प्रणाली लाखौं खर्च गरेर सर्टिफिकेट फ्रेममा सजाएर राख्ने खालको मात्र हुन नहुने बताउँदै गुलाबको फूलझै लोकप्रिय हुनुपर्नेमा जोड दिए । उनले भने, हाम्रो शिक्षा भ्यालेन्टाइन डे को गूलाबको फूल जस्तै लोकप्रिय हुन जरुरी छ, जीवनपयोगी हुनुपर्यो ।  सर्टिफिकेट फ्रेममा सजाउन लाखौं खर्च गरिएको होइन । 

प्रधानमन्त्री ओलीले शिक्षा प्रणाली बौद्धिकताको पहिचान गर्ने खालको हुनुपर्ने बताउँदै आइन्स्टाइन र सन्दिप लामिछानेको उदाहरण समेत दिन भ्याए । उनले विश्वका महान वैज्ञानिक आइन्स्टाइन कम बोले (डल) पनि क्षमतामा सबैभन्दा अब्बल रहेको उदाहरण दिँदै साना बालबालिकाहरुलाई कम (डल)बोल्नासाथ कमजोर नठान्न उनले अभिभावकहरुलाई सचेत गराए ।  

यता, खेलाडी सन्दिप लामिछानेको उदाहरण दिँदै क्रिकेट खेल्ने मौका पाएकोले नै उनले सफलता हासिल गरेको र साना नानीबाबुहरुलाई पनि त्यस्तै मौका दिन आग्रह गरे । उनले भने, सन्दिप लामिछाने डल्लो (क्रिकेट) खेल्न माहिर छन्, उनले डल्लो खेल्ने मौका पाएरै त्यो सफलता हासिल गरेका हुन् । 

त्यसअघि  इजरायलका राजदूतले आफ्नो मुलुकले भ्यालेन्टाइन डेका अवसरमा यूरोप र एसियामा गुलाबका फूल निर्यात गरेरै राष्ट्रिय अर्थतन्त्रमा ठूलो उपलव्धी हासिल गरेको बताएका थिए । प्रधानमन्त्री ओलीले इजरायली राजदूतको त्यो प्रसंगलाई जोड्दै नेपालले पनि त्यसरी नै अघि बढ्नुपर्ने बताएका थिए ।   उद्घाटन कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोख्रेल, इजरायलका राजदूत लगायतको उपस्थिति रहेको थियो । 

प्रतिकृया दिनुहोस

मानव–वन्यजन्तु द्वन्द्वः ९ महिनामा १० व्यक्तिको मृत्यु

 वन्यजन्तुको बासस्थानको क्षेत्र घट्नु, वन्यजन्तुको आहारामा कमी आउनु, वन डढेलोको दर बढ्नु, मानिसमा जाग्ने बदलाको भावनाका कारण मानव र वन्यजन्तुबीचको

संविधान संशोधन नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जाने राजपाको चेतावनी

राष्ट्रिय जनता पार्टी, नेपालले संविधान संशोधन नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जाने चेतावनी दिएको छ ।  सरकारलाई समर्थन दिएको राष्ट्रिय जनता

सेती नदीले बगाएर एकको मृत्यु, अर्का एक बेपत्ता

तनहुँ । सेती नदीले बगाएर आज एक वृद्धको मृत्यु भएको छ ।  मृत्यु हुनेमा व्यास नगरपालिका– ५ कन्टार बस्ने ७३ वर्षीय भीमबहादुर विक रहेको जिल्ला प्रहरी