Radio Surkhet FM 90.2 MHz

संविधान संशोधन नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जाने राजपाको चेतावनी

राष्ट्रिय जनता पार्टी, नेपालले संविधान संशोधन नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जाने चेतावनी दिएको छ । 

सरकारलाई समर्थन दिएको राष्ट्रिय जनता पार्टी, नेपालका सांसद बृशेषचन्द्र लालले संविधान संशोधन नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका हुन् । 

राष्ट्रियसभाको बिहिबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले संविधान संशोधन गर्नुपर्ने आफूहरुको माग सम्बोधन नगरे मधेशका जनतालाई सैह्य नहुने पनि बताए । 

 सांसद लालले मधेशमाथि विभेद हुनेगरी सरकारले नीति तथा कार्यक्रम ल्याएकाले आफूहरुले विरोध गर्नु परेको दावी समेत गरे । 

त्यसैगरी संघीय समाजवादी फोरम, नेपालकी सांसद प्रमिला कुमारीले पनि संविधान संशोधन गर्ने आफूहरुको अडान नीति तथा कार्यक्रममा समावेश गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराए । 

उनले तराई, मधेशको विकासका लागि विशेष आर्थिक कार्यक्रम ल्याउन पनि सरकारसँग माग गरे । 

सांसद कुमारीले सरकारको नीति तथा कार्यक्रमले संघीयतालाई आत्मसात गर्न नसकेको आरोप पनि लगाए । 

प्रतिकृया दिनुहोस

मानव–वन्यजन्तु द्वन्द्वः ९ महिनामा १० व्यक्तिको मृत्यु

 वन्यजन्तुको बासस्थानको क्षेत्र घट्नु, वन्यजन्तुको आहारामा कमी आउनु, वन डढेलोको दर बढ्नु, मानिसमा जाग्ने बदलाको भावनाका कारण मानव र वन्यजन्तुबीचको

शिक्षा भ्यालेन्टाइन डे को गुलाबको फूलजस्तै हुनुपर्छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओलीले मुलुकको शिक्षा प्रणाली जीवनोपयोगी हुनुपर्नेमा जोड दिएका छन् । आज भृकटीमण्डपमा आयोजित कान्तिपुर–हिसान एजुकेशन फेयरको

सेती नदीले बगाएर एकको मृत्यु, अर्का एक बेपत्ता

तनहुँ । सेती नदीले बगाएर आज एक वृद्धको मृत्यु भएको छ ।  मृत्यु हुनेमा व्यास नगरपालिका– ५ कन्टार बस्ने ७३ वर्षीय भीमबहादुर विक रहेको जिल्ला प्रहरी