Radio Surkhet FM 90.2 MHz

सेती नदीले बगाएर एकको मृत्यु, अर्का एक बेपत्ता

तनहुँ । सेती नदीले बगाएर आज एक वृद्धको मृत्यु भएको छ । 

मृत्यु हुनेमा व्यास नगरपालिका– ५ कन्टार बस्ने ७३ वर्षीय भीमबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

घरबाट नुहाउन जान्छु भनी हिँडेका विकको नदीले बगाएर मृत्यु भएको हो । विकको शव बिसघरेको गुम्बा नजिकै तैरिएको अवस्थामा भेटिएको थियो । 

यसैगरी, व्यास नगरपालिका– १३ बेलवासस्थित न्यूरोघारी नजिकैबाट आज सेती नदीमा खसेर एक युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा २७ वर्षीय मीनबहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ । 

ढुंगामा बसेर बल्छी खेल्दै गरेका गुरुङ एक्कासी खसेर सेती नदीमा बेपत्ता भएका हुन् । बेपत्ता हुने ती युवकको खोजी भइरहेको छ । 

प्रतिकृया दिनुहोस

मानव–वन्यजन्तु द्वन्द्वः ९ महिनामा १० व्यक्तिको मृत्यु

 वन्यजन्तुको बासस्थानको क्षेत्र घट्नु, वन्यजन्तुको आहारामा कमी आउनु, वन डढेलोको दर बढ्नु, मानिसमा जाग्ने बदलाको भावनाका कारण मानव र वन्यजन्तुबीचको

शिक्षा भ्यालेन्टाइन डे को गुलाबको फूलजस्तै हुनुपर्छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओलीले मुलुकको शिक्षा प्रणाली जीवनोपयोगी हुनुपर्नेमा जोड दिएका छन् । आज भृकटीमण्डपमा आयोजित कान्तिपुर–हिसान एजुकेशन फेयरको

संविधान संशोधन नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जाने राजपाको चेतावनी

राष्ट्रिय जनता पार्टी, नेपालले संविधान संशोधन नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जाने चेतावनी दिएको छ ।  सरकारलाई समर्थन दिएको राष्ट्रिय जनता