Radio Surkhet FM 90.2 MHz

नोबेलको निःशुल्क स्वास्थ्य शिविरबाट १२ सय बिरामी लाभान्वित

विराटनगर–मोरङको सुन्दरहरैचा–१२ शुक्रवारेमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट करिव १ हजार २ सय बिरामी लाभान्वित भएका छन् । स्थानीय ओरिजन ईङ्लिस बोडिङ्ग स्कुलसँग सहकार्य गरी विराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले एकदिने स्वास्थ्य शिविर आयोजना गरेको हो । 
    शिविरमा १ हजार १ सय ८३ जना बिरामीको निःशुल्क स्वास्थ्य परिक्षणसँगै उपचार गरिएको नोबेल अस्पतालका मार्केटिङ अफिसर सञ्जय मण्डलले जानकारी दिए । हाडजोर्नी, श्वासप्रश्वास र आँखा रोगका बिरामी शिविरमा बढी मात्रामा आएका थिए ।  
    शिविरमा आएका ६५ जना बिरामीको अप्रेशन गर्नुपर्ने देखिएकाले नोबेल अस्पताल रिफर गरिएको छ । शिविरमा आँखा रोग, जनरल मेडिसिन, स्त्री रोग, दन्त रोग, बाल रोग, हाडजोर्नी तथा नशा रोग, नाक कान घाँटी, छाला रोग लगायतको निःशुल्क उपचार गरिएको हो ।   
    ईसीजी, ल्यावटेस्ट र भीडियो एक्सरे पनि निःशुल्क गरिएको छ । नोबेल अस्पतालले बिपन्न बिरामीलाई लक्षित गरी पूर्वका बिभिन्न जिल्लामा नियमित रुपमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।  
 

प्रतिकृया दिनुहोस

मानव–वन्यजन्तु द्वन्द्वः ९ महिनामा १० व्यक्तिको मृत्यु

 वन्यजन्तुको बासस्थानको क्षेत्र घट्नु, वन्यजन्तुको आहारामा कमी आउनु, वन डढेलोको दर बढ्नु, मानिसमा जाग्ने बदलाको भावनाका कारण मानव र वन्यजन्तुबीचको

शिक्षा भ्यालेन्टाइन डे को गुलाबको फूलजस्तै हुनुपर्छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओलीले मुलुकको शिक्षा प्रणाली जीवनोपयोगी हुनुपर्नेमा जोड दिएका छन् । आज भृकटीमण्डपमा आयोजित कान्तिपुर–हिसान एजुकेशन फेयरको

संविधान संशोधन नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जाने राजपाको चेतावनी

राष्ट्रिय जनता पार्टी, नेपालले संविधान संशोधन नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जाने चेतावनी दिएको छ ।  सरकारलाई समर्थन दिएको राष्ट्रिय जनता