Radio Surkhet FM 90.2 MHz

भारतमा बिरामीको सेवा गर्दा आफैँ संक्रमित भइ ज्यान गुमाएकी ‘हिरो नर्स’ को चर्चा

बीबीसी । भारतको दक्षिणी प्रदेश केरेलामा अहिले ‘निपा’ नामक खतरनाक भाइसको प्रकोप बढेको छ । यसैमा एक २८ वर्षीया नर्स लीनीले आफ्ना बिरामीको रातभर सेवा गर्दागर्दै आफैँ पनि भाइरसको शिकार बनेपछि ज्यान गुमाएकी छन् । तिनै लीनीले आफ्नो अन्तिम समयमा पतिलाई दुई छोराहरुको हेरचाह गर्नु भन्दै लेखेको नोटले सामाजिक सञ्जालमा अधिक चर्चा पाएको हो ।  

केरेलामा फैलिरहेको यस निपा भाइरसका कारण अहिलेसम्म नौजनाको मृत्यु भइसकेको छ भने ४० जनाको कडा नियन्त्रणमा उपचार भइरहेको छ । वास्तवमा यो भाइरस छिट्टै सर्ने हुनाले संक्रमित बिरामीलाई छुट्टै राखेर उपचार गराउनुपर्ने हुन्छ । जनावरबाट संक्रमित हुने यस भाइरसको कुनै सुई र निश्चित औषधि नभएका कारण पनि यसबाट संक्रमित हुने बिरामीको मृत्युदर ७० प्रतिशत रहेको बताइएको छ । यसको मुख्य लक्षण ज्वोरो आउने, बान्ता हुने र टाउको दुख्ने रहेका छन् । यो घटनापछि केरेला र भारतभरका सबै स्वास्थ्य संस्थाहरु सावधान बनेका छन् भने ठाउँठाउँमा स्वास्थ्य सिविर राखि अहिले घरघर गएर सचेत गराउने अभियान पनि सुरु गरिएको छ । 

यसैबीच तीनजनाको परिवारलाई सेवा गरिरहेकी लीनीले रातभर बिरामीसँगै खटेर बसेपछि आइतबार उनलाई पनि ज्वरो आएको थियो । त्यसपछि आफूलाई पनि संक्रमण भएको शंकामा उनले आफैँलाई अस्पताल भर्ना गराएकी थिइन् । संक्रमण भएको ४८ घण्टामै यस रोगका बिरामी कोमामा गइ मृत्यु हुने थाहा भएकाले उनले आफ्नो अन्तिम समयअघि पतिलाई एक सन्देश लेखेकी थिइन् । बहराइनमा काम गर्दै गरेका उनका पति उनको अवस्थाबारे थाहा पाउनासाथै केरेला आएका थिए । तर लीनीको मृत्युपछि मात्र उक्त नोट पतिलाई दिइएको थियो । मृत्युपछि लीनीको शव समेत परिवारलाई नबुझाएर चिकित्सकहरुकै निगरानीमा उनको अन्तिम संस्कार गरिएको बताइएको छ । सामाजिक संजालमा उनको नोट भाइरल भएपछि उनको मृत्युलाई धेरैले ठूलो त्याग बताएर उनलाई ‘हिरो नर्स’ को नाम दिएका छन् । प्रदेशका मुख्य मन्त्रीले समेत ट्वीट गर्दै उनको निःस्वार्थ कार्यलाई याद राखिने बताएका हुन् ।

विश्व स्वास्थ्य संस्थाले सार्वजनिक गरेको भविष्यका ठूला प्रकोपहरुको सूचीमा निपा भाइरसको नाम पनि शीर्ष १० मा रहेको छ । हाल बिरामी बाहेक अन्य ६० जना मानिसहरुको रगत र तरल पदार्थ पनि परीक्षणका लागि लगिएको छ । यो रोग विशेषगरी चमेराबाट फैलिएको बताइएको छ भने कतिपय अनुसन्धानमा यो अस्वस्थ सुँगुरबाट पनि संक्रमित हुने बताइएको छ ।
 

प्रतिकृया दिनुहोस

कुकुर कुटेको आरोपमा क्यानडामा एक नेपालीलाई ९ महिनाको जेल !

 क्यानडामा एक नेपालीलाई  कुकुर पिटेको आरोपमा ९ महिनाको जेल सजाय तोकिएको छ । पिटरवर्गको प्रान्तीय अदालतले नेपाली मुलका दीप विष्टलाई कुकुर कुटेको

क्युबामा विमान दुर्घटना, १०० जनाको मृत्यु

  क्युबामा विमान दुर्घटनामा हुँदा करीब १०० जनाको मृत्यु भएको छ । विभिन्न अन्तराष्ट्रिय सञ्चार माध्याम आएका खबर अनुसार स्थानीय समय अनुसार शुक्रबार

फेसबुकका संस्थापक जकरबर्गले युरोपेली संसदसँग मागे माफी

बीबीसी । सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जकरबर्गले क्याम्ब्रिज एनालिटिका स्क्याण्डलमा भूमिका र आफ्नो प्लेटफर्ममा फेक न्यूज प्रसार गरिएको