Radio Surkhet FM 90.2 MHz

कर्णालीमा हवाइ भाडादर घटाउन माग

 कर्णालीमा उडान गर्ने एयरलाइन्सले हवाइ भाडादर  बृद्धि गरेपछि संस्कृति, पर्यटन, तथा नागरिक उड्यान राज्य मन्त्री बलबहादुर महतले हावाइ भाडादर घटाउन आपुर्ति मन्त्री गणेशमान पुन संग माग गरेका छन् । 

अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य घटिरहेको र स्थल मार्गबाट आयात गरिएको कम मूल्यको हवाई इन्धन प्रयोग गरि एयरलाइन्सहरुले कर्णालीमा उडान गरिरहेकाले तत्काल भाडादर सकेसम्म कम कायम गरिदिन सम्बन्धित निकायलाई निर्देशनको माग गर्दै  मन्त्री महतले  आपूर्ति मन्त्रीलाई पत्र लेखेका छन् । 

नेपाल आयल निगमले हालै हवाइ इन्धन आयात गर्दा आकाश मार्गबाट काठमाण्डौ ल्याईएको हवाई इन्धनको मूलय र स्थल मार्गबाट ल्याईएको ईन्धनको मूल्य समाजोजन गर्ने क्रममा हाल सम्म स्थल मार्गबाट ल्याइएको इन्धन मात्र प्रयोग गरिरहेको नेपालगंजबाट दूर्गम कर्णालीका जुम्ला, हुम्ला, मुगु र डोल्पा जिल्लाका हवाइ उडानको लागि आवश्यक हवाइ इन्धनको प्रति लिटर एक सय १८ बाट बृद्धि गरि प्रति लिटर एक सय ६५ पुर्याउदा फ्यूल सब चार्जको भाडा दरमा ३८ प्रतिशत बृद्धि भएको छ  । 

हाल सम्म कर्णालीका गरिव र निमूखा उत्पीडित जनताले राज्यबाट पाईरहेको अनुदान सहयोगको साटो काठमाण्डौबाट गरिने उडानका जहाजको महंगो इन्धनको मूलयको भार कर्णालीका गरिव जनताले बोकी महंगो हवाई भाडा दरमा कर्णालीमा जहाज चढ्नु पर्ने वाध्यता आएको मन्त्री महतले वताएका छन् । उनले भने महंगो दरका हवाई इन्धन नै प्रयोग नगरि नेपालगंजबाट कर्णालीमा उडानको हवाई भाडा दर बृद्धि गरिएको छ । हवाई भाडा बृद्धि गरेयता कर्णालीका जनता प्रत्यक्ष मारमा परिरहेका छन्  ।

अहीले अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य घटेको छ । स्थल मार्गबाट आयात गरिएको कम मूल्यको हवाई इन्धन प्रयोग गरि एयरलाइन्सहरुले कर्णालीमा उडान गरिरहेका छन् । महंगो मूल्यको इन्धन प्रयोग नगरि महंगो भाडा तिर्नुपर्ने बाध्यताबाट मुक्ति दिने व्यवस्नथाका लागि नेपालंजबाट कर्णालीमा हुने हवाई भाडादरमा सके सकसम्म कम कायम गरि दिन सम्बन्धित निकायलाई निर्देशन दिन अनुरोध गर्दै आपूर्ति मन्त्रीलाई शुक्रवार पत्र काटेका हुन् । 

 

प्रतिकृया दिनुहोस

गमगढी ग्रिलाह सडक परीक्षण ।।

मुगु सदरमुकाम गमगढी देखि सोरु गाउँपालीको ग्रिलाहा सम्मको सडक परिक्षण गरिएको छ । पुनःनिमार्ण तथा अनुसन्धान बिकास केन्द्र (आरआर डि सी ) मुगुको साझेदारी

मन्टेश्वरी तालिम

बालविकासका सहयोगी कार्यकर्ता र प्राथमिक तहका शिक्षकहरुको लागि तीन दिने मन्टेश्वरी तालिम हिजो देखि सुरु भएको छ । वीरेन्द्रनगर नगरपालिका ११ को